कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना

  • नेपाल राष्ट्रिय दैनिक
  • January 27, 2025
Nepali Congress

काठमाडौँ- कांग्रेस संसदीय दलको बैठक चलिरहेको बेला कांग्रेस सर्लाहीका नेता तथा कार्यकर्ताले जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहको बर्खास्ती माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् ।

सर्वोच्च अदालतको फैसलाले वन मुद्दामा सिंहलाई भ्रष्टाचारी ठहर गरेको विषयमा ध्यानाकर्षण गराउँदै उनीहरूले बर्खास्त गर्नुपर्ने मागसहित आइतबार केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् । पूर्वजिल्ला सभापति लक्ष्मण रायले सर्वोच्च अदालतबाट वन मुद्दामा भ्रष्टाचार ठहर भएका सिंहलाई सभापतिबाट यथाशीघ्र बर्खास्त गर्नुपर्ने माग गरेका थिए । उनीहरूले गत ९ पुसमै केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत ज्ञापनपत्र बुझाएर सिंहलाई सभापति पदबाट बर्खास्त गर्न माग गरेका थिए ।

तर, सभापति शेरबहादुर देउवानिकट सिंह वन मासेर भ्रष्टाचार गरेको मुद्दामा सर्वोच्चबाट सजाय पाएपछि पनि जिल्ला सभापतिकै हैसियतमा सक्रिय छन् । सर्लाहीकै तत्कालीन मनुस्मारा सिँचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समिति अध्यक्ष रहँदा सिंहले वन मासेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतले उनीविरुद्ध कैद र जरिवाना सुनाएको थियो । त्यसविरुद्ध उनी सर्वोच्च अदालतमा पुनरावेदन गएकोमा गत वर्ष १५ फागुनमा विशेषकै फैसला आंशिक सदर गर्दै दोषी ठहर गरेको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५