संसदीय समितिमा विधेयक होल्ड हुँदा असहज भयो : प्रधानमन्त्री

  • नेपाल राष्ट्रिय दैनिक
  • January 27, 2025
116186685 kp oli

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलासँगको भेटमा संसदीय समितिमा विधेयकहरू होल्ड हुँदा सरकारलाई काम गर्न असहज भएको बताएका छन् ।

एमाले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न आइतबार बिहान मुख्य सचेतक बर्तौला प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । भेटमा संसदमा विचाराधीन विधेयकहरू अगाडि बढाउने विषयमा छलफल भएको बर्तौलाले जानकारी दिए ।

सरकारले संसदमा विधेयक पठाउँदा छिट्टै ऐनमा रुपान्तरित हुन्छ भन्ने मनसाय राख्ने गरेको तर व्यवहारमा त्यस्तो हुन नसकिरहेको पनि प्रधानमन्त्री ओलीको भनाइ रहेको बर्तौलाले बताए। आगामी दिनमा विधेयकलाई संसदमा होल्ड हुन नदिनेगरी भूमिका खेल्न पनि प्रधानमन्त्री ओलीको निर्देशन दिएको बर्तौलाले बताएका छन्।

संघीय संसदको हिउँदे अधिवेशन यही माघ १८ गतेबाट सुरु हुँदैछ । अब बस्ने अधिवेशन सौहार्द होस् भन्ने पनि प्रधानमन्त्री ओलीको चाहना रहेको उनले बताएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५