निर्वाचनमा भएको अन्तरघात छानबिन गर्न माओवादी केन्द्रको ३ सदस्यीय छानबिन समिति

  • नेपाल राष्ट्रिय दैनिक
  • July 9, 2022
Maoist Center Party Office Perisdada

नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा अन्तरघात भएको भन्दै ३ सदस्यीय छानविन समिति बनाएको छ ।

पार्टीको स्थायी सिमिति बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा मुक्ति प्रधान र खिमलाल देवकोटा सहितको तीन सदस्यी छानबिन समिति गठन गरेको छ।

केन्द्रीय सदस्यहरूले नै चुनावमा असहयोग गरेको भन्ने रिपोर्टिङ पार्टीलाई प्राप्त भएकोले छानबिन समिति निर्माण गरिएको बताइएको छ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५