केबलकार निर्माणको विरोध गर्दै पूर्वी नेपालका जिल्लाहरुमा बन्दको आह्वान

  • नेपाल राष्ट्रिय दैनिक
  • February 2, 2025
Nepal Banda

caption

विराटनगर – मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले पाथिभरा केबलकार निर्माणको विरोधमा आज र भोलि अरुणपूर्वका झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर लगायतका जिल्लामा बन्दको आह्वान गरेको पहिलो दिन बन्दको सामान्य प्रभाव परेको देखिन्छ ।

बन्द आहवान गरिएको क्षेत्रमा आइतबार बिहान राजमार्गमा यात्रुबाहक सवारी साधन चलेका छैनन् भने बन्दकर्ताहरु चोक र सडकमा निस्किएका देखिन्छन। बन्दले सबैभन्दा बढी प्रभाव पूर्वपश्चिम राजमार्ग र मेची राजमार्गमा पारेको देखिन्छ। पूर्वपश्चिम राजमार्ग र मेची राजमार्गमा सवारी आगमन ठप्प जस्तै छ।

केबलकार निर्माणको निर्णय खारेज हुनुपर्ने, नो केबलकार आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छाड्नुपर्ने, मुकुम्लुङमा गोली चलेको घटनाको न्यायीक छानविन गर्नुपर्ने, काफ्ले पार्टीबाट सुरक्षा फौज फिर्ता गर्नुपर्नेलगायत माग राख्दै पहिचान पक्षधारहरुले बन्दको आह्वान गरेका हुन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५