अमेरिकी सेना नेपाल भित्र्याउने १० बुंदे (एसपीपी) सम्झौता

  • नेपाल राष्ट्रिय दैनिक
  • June 14, 2022
flino deuba JrnjR2iggW

प्रधानमन्त्री र प्रधानसेनापतीको अमेरिका भ्रमणबारे केहिदिन यता संसदमा प्रश्न उठिरहेको बेला युएस आर्मी प्यासेफिक कमाण्डका कमान्डीङ्ग जनरल चार्ल्स ए फ्लिनको नेपाल भ्रमणले नेपालको राजनीति झनै तरंगित बनाइदिएको छ। त्यसो त एमसीसी अनुमोदन भए यता अमेरिकी कुटनीतिज्ञहरुको नेपालमा बाक्लो उपस्थिति देखिने गरेको छ। तिब्बती मामिलाको संयोजक उज्रा जेयाको भ्रमणको विवाद नसकिंदै जनरल फ्लिनको भ्रमणले, नेपालले स्वतन्त्र परराष्ट्र नीति बिर्सिएर सैन्य नीति तर्फ अग्रसर भएको देखाउंदैछ भन्ने आवाज संसद भवनभित्रै सुनिन थालेको छ। स्टेट पार्टनरसीप कार्यक्रममा नेपालमा अमेरिकी सेना भित्र्याउने सम्झौता भएको र अमेरिका भ्रमणको क्रममा सरकारले गोप्य रुपमा स्टेट पार्टनरसीप कार्यक्रममा सम्झौता गर्ने तयारि गरेको भन्दै प्रतिपक्षी दलले यसको विरोध गरिरहेको छ।

सन् २०१५ देखि पटक पटक अमेरिकाले स्टेट पार्टनरसीप कार्यक्रममा सभागी हुन नेपाललाई पत्राचार गरेको भएपनि आजको मितिसम्म यसमा कुनै सम्झौता भएको छैन। तर जनरल फ्लिनको भ्रमणमा सरकारले आफु यसप्रति सकारात्मक रहेको भन्ने बताउंदै गर्दा आगामी अमेरिका भ्रमणको क्रममा सरकारले सो सम्झौतामा गोप्य रुपमा सहमति गर्न सक्ने शङ्का गर्दै प्रतिपक्ष दलले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको विषयको आलोचना समेत गरेको छ। अमेरिकी सैन्य रणनीति इन्डो प्यासिफिक स्ट्राटीजीको हिस्सा भएको भन्दै प्रतिपक्ष र गठबन्धन दल भित्रकै केहि नेताहरुले यसको विरोध गरेका छन्।

के छ त स्टेट पार्टनरसीप सम्झौतामा ?

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५