संविधान दिवस २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति बिध्या देवी भण्डारीले ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा र २१ जनाको सजाय माफी गर्नुभएको छ।
संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ को दफा ३७ तथा फौजदारी कसुर नियमावली, २०७६ को नियम ३, तथा सर्वोच्च अदालतको आदेश अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था अनुसार देशका विभिन्न कारागारमा रहेका ६८१ जना कैदी–बन्दीको कैद कट्टा गर्नुभएको हो।
त्यसैगरी, संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार, मन्त्रिपरिषद्को सिफारिसमा २१ जना कैदी–बन्दीको सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस्