विवादास्पद टिप्पणी गरेको भन्दै इमरान खान विरुद्ध आतंकवाद विरोधी ऐन अन्तर्गत मुद्दा

  • नेपाल राष्ट्रिय दैनिक
  • August 23, 2022
Imran Khan

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई सार्वजनिक र्‍यालीमा गरेको टिप्पणीप्रति प्रहरीले आतंकवाद विरोधी कानून अन्तर्गत मुद्दा दायर गरेपछि यतिबेला पाकिस्तानको राजनैतिक माहोल तातिएको छ।

पुर्व प्रधानमन्त्री खानका वकिलहरूले सोमबार इस्लामाबाद उच्च अदालतमा पूर्व गिरफ्तारी जमानतको लागि अपील गरेर खानलाई बिहीबारसम्म सुरक्षात्मक जमानत दिलाए पनि उनलाई राजधानीको आतंकवाद विरोधी अदालतमा उपस्थित गराउने सम्भावना भने बढेको छ।

इस्लामावादमा शनिबार साँझ आफ्नो चीफ अफ स्टाफ शाहबाज गिलको गिरफ्तारी र कथित यातनाको विरोध गर्दै खानले राज्य अधिकारीहरूलाई “धम्की” दिएको र कानुनलाई चुनौती दिएको आरोप लगाइएको छ। गिललाई देशको शक्तिशाली सेना विरुद्ध विद्रोह उक्साएको आरोप लागेपछि देशद्रोहको आरोप लगाइएको थियो।

खानले , प्रहरीले गिललाई हिरासतमा यातना दिएको र सेनाको बिरूद्ध आफ्नो पार्टीलाई खडा गर्ने “षड्यन्त्र” को हिस्सा भएको बताएका छन् ।

इस्लामाबाद प्रहरीले भने प्रहरीलाई धम्की दिने वा झूटा आरोप लगाउनेलाई कानून अनुसार कारबाही गरिने जनाएको छ।

पाकिस्तानका मन्त्री राणा सनाउल्लाहले पनि सरकारले पूर्व प्रधानमन्त्रीलाई उनको “उत्तेजक भाषण” को लागि मुद्दा दायर गर्ने तयार गरेको बताएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५