लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्री ओलीले विशेष सम्बाेधन गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • February 9, 2025
116186685 kp oli

काठमाडौँ- लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बाेधन गर्ने भएका छन्। फागुन ५ गते उनले विशेष सम्बोधन गर्ने प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए। उनका अनुसार फागुन ५ गते दिउँसो १ बजे प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।

प्रदेश सभा बैठकमा विशेष सम्बाेधनका लागि प्रधानमन्त्री ओलीलाई सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रदेश सभाको तर्फबाट निमन्त्रणापत्र पठाएका छन्। लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको छ।

प्रधानमन्त्री ओलीले फागुन ५ गते प्रदेश सभाको बैठकलाई विशेष सम्बाेधनपछि घोराहीमा आयोजना हुने सभालाई सम्बाेधन गर्ने र ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुने कार्यक्रम तय भएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५