प्रतिनिधिसभा र प्रदेशसभाको म्याद थप्ने सरकारको कदमप्रति एमालेको आपत्ति

  • नेपाल राष्ट्रिय दैनिक
  • September 6, 2022
parliament

नेकपा एमालेले सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको म्याद थप्ने निर्णयप्रति आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद शेरबहादुर तामाङले सरकारको तर्फबाट आजको संसद बैठकलाई सम्बोधन गर्दै कार्यकालसम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताउनुभएको छ। तामाङले निर्वाचन घोषणा गरेपछि संसद विघटन गर्नुपर्नेमा जोड दिनुभएको थियो । तामाङले जनताको नयाँ जनादेश लिन ढिलाइ गर्न नहुने र जनताको मत मान्न सरकारलाई आग्रह गर्नुभएको छ ।

त्यसैगरी, एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कानुनबाट सांसदको कार्यकाल लम्ब्याउने सरकारको प्रयास एमालेलाई मान्य नहुने र मंसिर ४ गतेपछि दुई खाले सांसद खडा गर्न सरकारले हतार-हतार कानुनमै संशोधन गर्न खोजेको बताउनुभएको छ ।

त्यस्तै सांसद गोकुलप्रसाद बाँस्कोटाले गठबन्धनले लोकतन्त्रलाई मुट्ठीमा थुनेर संसदको आयु लम्ब्याउन खोजेको टिप्पणी गर्नुबहेको छ । बाँस्कोटाले, दुई महिनामा प्रतिनिधिसभा र प्रदेशसभाको म्याद थपेर के गर्न खोजेका हुन् भनी प्रश्न समेत गर्नुभएको छ ।

बाँस्कोटाले, संसदको आयु लम्ब्याएर लोकतन्त्रलाई दबाउन खोजेको टिप्पणी गर्दै, यो विधेयकमा नेकपा एमाले सहमत नहुने स्पष्ट पारे ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५