६ चैत, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् ।
नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।पोखरेल सूचना आयोगका पूर्वआयुक्त समेत हुन् । राष्ट्रपतिको प्रेस संयोजकका रुपमा यसअघि खिला कार्कीलाई नियुक्त गरिएको थियो ।
राष्ट्रपतिले राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, कानुनी सल्लाहकारमा बाबुराम कुँवर, परराष्ट्र सल्लाहकारमा डा सुरेशचन्द्र चालिसे, आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी पौडेल र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्