त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा बम रहेको आशंका

  • नेपाल राष्ट्रिय दैनिक
  • May 4, 2022
TIA domestic terminal


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम राखेको भन्दै अज्ञात व्यक्तिको फोन आएपछि आन्तरिक उडानका सबै यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ ।

अन्तर्राष्ट्रिय उडान अवरुद्ध नभए पनि आन्तरिक टर्मिनलमा बम रहेको फोन गर्ने व्यक्तिले दाबी गरेपछि आन्तरिक उडान भने बन्द भएको छ । अहिले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले खोजी कार्य गरिरहेको छ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका अधिकारीका अनुसार,”कतै बाट हाम्रो सुरक्षा प्रणालीमा यस्तो थ्रेट वा खबर आएमा हामीले सर्च प्रोटोकल फलो गर्नुपर्छ र अहिले हामीले सबै यात्रु निकालेर सर्च अपरेसन जारि गरिरहेका छौं” ।

अहिले सबै यात्रुलाई बाहिर निकालिएको र तालिम प्राप्त कुकुरसहित सुरक्षाकर्मीले विमानस्थलमा खोजी गरिरहेको उनले बताए । नेपाली सेनाको बम डिस्पोजल टोली पनि विमानस्थल पुगेको छ ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५