सिट बाँडफाँटको छलफलमा गठबन्धन दलको बैठक

  • नेपाल राष्ट्रिय दैनिक
  • September 4, 2022
gathabandhan

आगामी निर्वाचनमा सिट बाँडफाँटबारे गठबन्धन दलका शिर्ष नेताहरु केहि दिन यता निरन्तर छलफलमा जुटेका छन् ।

गठबन्धन दलभित्रका शिर्ष नेताहरुको आ- आफ्नै अडानका कारण सिट बाँडफाँटको विषयमा अहिले सम्म कुनै पनि ठोस निर्णय भने हुन सकेको छैन। चुनाव नजिकिंदै गर्दा चुनौतिको रुपमा देखिएको सिट बाँडफाँटको विषयलाई अन्तिम निष्कर्ष दिन गठबन्धन दलका शीर्ष नेता र कार्यदलका सदस्यहरुको बैठक आज ३ बजे पुन: प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय गरिएको छ।

गठबन्धन दलका शीर्ष नेताहरुबीच सिट बाँडफाँटबारे समान धारणा बनाउनेबारे निरन्तर चलिरहेको छलफल आज पनि जारि रहने देखिन्छ।

यसअघिको बैठकमा कांग्रेसले १०० सिटको दाबि गरिरहँदा , माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५