नेकपा एसका स्थायी कमिटी सदस्य शर्माको निधन

  • नेपाल राष्ट्रिय दैनिक
  • १० माघ २०८१, बिहीबार १९:०१
nekapa yess

बागलुङ — नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष रामजीप्रसाद शर्माको निधन भएको छ ।

भारतमा मिर्गौला प्रत्यारोपण गर्ने क्रममा उनलाई हृदयघात भएका कारण उनको निधन भएको हो । शर्माको बागलुङ नगरपालिका-१ स्थित निरयघाटमा बिहीबार दाहसंस्कार गरिएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एसका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले शर्माको निधनमा अन्तिम श्रद्धाञ्जली दिएका थिए । श्रद्धाञ्जलीसभामा नेकपा एसका केन्द्रीय सचिव श्रीनाथ बराल, केन्द्रीय सदस्यहरु, गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक र सदस्यहरुसमेत उपस्थित थिए ।

बागलुङको साविक मालिका गाविस र हाल बागलुङ नगरपालिका-५ घर भएका शर्मा २०५४ र पहिलो संविधानसभामा बागलुङ-१ बाट विजयी एमालेका नेताका रुपमा राज्यमन्त्रीसमेत भएका थिए ।

Share :
Bishnu Pradas Paudel

प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ: उपप्रधान एवं अर्थमन्त्री

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्। सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५