ओलीमाथि विगतमा उठेका मुद्दामा कांग्रेस मौन नबस्ने : महामन्त्री शर्मा

  • नेपाल राष्ट्रिय दैनिक
  • ५ श्रावण २०८१, शनिबार १६:२०
bishow prakash sharma

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा विगतमा उठेका मुद्दामा कांग्रेस मौन नबस्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउन कांग्रेसले साथ दिने, तर उनका विगतमा उठेका मुद्दाका विषयमा भने कांग्रेस मौन नबस्ने बताएका हुन् ।

महामन्त्री शर्माले कांग्रेसका सांसदहरु उभिएर विश्वासको मत दिएका कारण विगतमा उठेका प्रश्नलाई लुकाउने प्रयत्नमा कांग्रेस नलाग्ने बताए ।नेपाललाई एउटा नविन सम्भावनाको बाटोमा लिएर जाँदै गर्दा दुई ठूला दल मिलेर सरकार बनाएको बेलामा कतै प्रतिपक्षीय स्वर पो कमजोर हुन्छन् की भनेर आम बौद्धिक क्षेत्रमा चिन्ता छ । तर कमरेड केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउनका लागि काँग्रेसले साथ दिंदै गर्दा, ओलीमाथि विगतमा उठाएका मुद्दामा उत्तिकै खरो भुमिकाका साथ उभिने उनले बताएका छन्।

Share :
rabi lamichhane

रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश

बुटवल — रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई रूपन्देही अदालतले १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका हुन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५