नेपाली युवाहरुले बनाएको ‘सवारी’ राइड सेयरिङ एपको सुरुवात

  • नेपाल राष्ट्रिय दैनिक
  • August 8, 2023
sawari

श्रावण २3 , काठमाडौँ- नेपालमा अहिले एक दर्जनभन्दा धेरै राइड सेयरिङ प्लेटफर्महरुबिच तिब्र प्रतिस्पर्धा चलिरहेको बेला नेपाली युवाहरुले बनाएको नयाँ राइड सेयरिङ सुविधा सहित “सवारी” ले सोमबारबाट आफ्नो सेवा सुरु गरेको छ ।

विदेशी होइन, स्वदेशी एप प्रयोग गरौं, नेपालको अर्थतन्त्र विदेशमा नपठाऔँ’ भन्ने नारा लिएर सुरुवात भएको सवारी राइड सेयरिङ एप उपत्यकाका ३ जिल्लासहित उपत्यका बाहिर चितवन, बुटवल, भैरहवा, नेपालगन्ज र धनगढी बाट एकैसाथ संचालनमा आएको छ। सवारी एप अन्तर्गत तराईका जिल्लाहरुमा मोटरबाइक र ट्याक्सी बाहेक टेम्पो र ३ पाङ्ग्रे अटोको पनि सुबिधा थप गरिएको छ।

सवारीमा हरेक राइड लिँदा ग्राहकले भुक्तानी गर्ने पैसामा ३ प्रतिशत क्यासब्याकको पनि सुविधा रहेको छ भने,उक्त क्यासब्याकलाई भविष्यमा प्रयोग गर्न सकिने गरी एपको विकास गरिएको छ । सवारीले राइडरमार्फत बाइकसँग १० प्रतिशत र अटाे तथा गाडीसँग ८ प्रतिशत कमिसन लिनेछ, जसअन्तर्गत एप निर्माता कम्पनि सवारी आँफैले बिमाको शुल्क तिर्नेछ।

सवारीका संस्थापक प्रसिद्ध नेपाल र सहसंस्थापक खगेन्द्र नेपालले सवारी एपमा राइड सेयरिंग बाहेक ड्राइभिङ ट्रेनिङ सेन्टर पनि बुक गर्न सकिने लगायतका अन्य सुविधा पनि लिन सकिने जनाएका छन्। कसैलाई ड्राइभिङ सिक्न मन लागेमा एपबाट नै आफू भएको क्षेत्रको पाँच किलोमिटर क्षेत्रभित्रका ड्राइभिङ सेन्टरमा बुक गर्न सकिने र सवारी एप मार्फत रजिस्टर भएका सेवाग्राहीले थप छुट र अन्य सहुलियतको सुविधा समेत प्राप्त गर्न सक्नेछन। ड्राइभिङ सेन्टरको सुविधा लिने ग्राहकबाट सवारीले कुनै शुल्क भने लिनेछैन। यधपी सवारी मार्फत ड्राइभिङ सिक्न चाहनेहरुको लागि थप सहुलियतमा प्याकेजहरु उपलब्ध गराउनेछ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५