एसिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

  • नेपाल राष्ट्रिय दैनिक
  • August 14, 2023
asia cup cricket nepal

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप २०२३ का लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

छनौट गरिएको नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन् ।

एसिया कपमा नेपाल सहित भारत र पाकिस्तान समूह ‘ए’ मा रहेका छन् । एसिया कपको मुख्य प्रतिस्पर्धा सुरु हुनुअघि नेपालले पाकिस्तानमा एक साता तयारी गर्ने र तयारीका लागी स्थानीय पाकिस्तानी टोलीसँग केही अभ्यास खेल खेल्ने क्यानले जानकारी दिएको छ।

एसिया कपको आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले पाकिस्तानमा खेल खेल्न अस्वीकार गरेपछि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन् । एसिया कपको पहिलो खेल नेपाल र पाकिस्तान बीच भदौ १३ गते हुनेछ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५