काठमाडौँ – नेपाल स्टक एक्स्चेन्जको लापरबाहीका कारण बुधबार नेप्सेको सेयर कारोबार नै बन्द हुन पुगेको छ। विधुत आपूर्तिमा आएको अवरोधको कारण सिस्टम डाउन हुँदा सेयर कारोबार केहि समयको लागि बन्द हुन पुगेको नेप्सेले जनाएको छ।
साढे १० बजे ‘प्रिओपनिङ’ कारोबार हुँदै आएकोमा बुधबार प्रिओपनिङ कारोबार र ११ बजेबाट हुने नियमित कारोबार समेत हुन सकेन। निर्माण कार्य चलिरहेको र काम गर्ने क्रममा बिजुली अवरुद्ध हुन जाँदा सिस्टम डाउन हुन गई कारोबार हुन नसकेको नेप्सेले जनाए पनि ब्याकअप सिस्टम समेत नहुनुले नेप्सेको लापरबाहीलाई प्रष्ट पारेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्