भारतीय प्रधानमन्त्री मोदीद्वारा हिन्दू मन्दिर राम मन्दिरको उद्घाटन

  • नेपाल राष्ट्रिय दैनिक
  • January 22, 2024
ram mandir ayodhya

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा हिन्दु देवता रामको भव्य मन्दिरको उद्घाटन गरेका छन् ।

हाल उद्घाटन गरिएको राम मन्दिरले १९९२ मा हिन्दू अनुयायीहरूले भत्काएको १६ औं शताब्दीको मस्जिदलाई प्रतिस्थापन गरेको छ र सो समयमा मस्जिद भत्काउने क्रममा दंगा फैलदा लगभग २००० मानिसहरूको मृत्यु भएको थियो।

यता, केही हिन्दू धर्मावलम्बीहरू र धेरैजसो विपक्षीहरूले भने मोदीले राम मन्दिरलाई राजनीतिक लाभका लागि प्रयोग गरिरहेको भन्दै उद्घाटन समारोह बहिष्कार समेत गरेका छन् । भारतमा आगामी केही महिनामा आम निर्वाचन हुन लागेको छ र मोदीका राजनीतिक प्रतिद्वन्द्वीहरूले सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) ले ८०% जनसंख्या हिन्दु भएको देशमा मन्दिरको नाममा भोट मागेको समेत आरोप लगाएका छन् ।

आलोचकहरूले पनि सरकारले धर्मनिरपेक्ष भएको देशमा धार्मिक उत्सवको शोषण गरेको आरोप लगाएका छन्। भारतको सबैभन्दा ठूलो अल्पसंख्यक मुस्लिमहरूका लागि बाबरी मस्जिद भएको स्थानमा राम मन्दिर निर्माणको घटनाले डर थप्दै पीडादायी पुराना सम्झनाहरूको याद जगाएको अयोध्या क्षेत्रमा बसोबास गर्ने मुस्लिम
समुदायका सदस्यहरूले बताएका छन्।

मन्दिर निजी चन्दाबाट प्राप्त भएको २१७ मिलियन अमेरिकी डलरको लागतमा निर्माण गरिएको हो। हाल मन्दिरको भुइँ तल्ला मात्र खोलिएको छ भने बाँकी पुरै मन्दिर वर्षको अन्त्यमा पूरा हुने अपेक्षा गरिएको छ।राम मन्दिरको निर्माण कार्य सहरको परिमार्जनको एक हिस्सा रहेको र यसको अनुमानित लागत ३ बिलियन अमेरिकी डलर रहेको बताइएको छ।

अयोध्यामा राम मन्दिरको निर्माणले दशकौं लामो हिन्दू राष्ट्रवादी वाचा पूरा गरेको छ । धेरै हिन्दूहरू विश्वास गर्छन् कि बाबरी मस्जिद मुस्लिम आक्रमणकारीहरूले हिन्दू देवताको जन्म भएको मन्दिरको भग्नावशेषमा बनाएको थियो। मन्दिर निर्माणको आन्दोलनले १९९० को दशकमा बीजेपीलाई राजनैतिक महत्त्वमा पुर्‍याउन मद्दत गरेको थियो ।२०१९ मा, सर्वोच्च अदालतले मस्जिद भत्काएपछि र लामो कानुनी लडाइँ पछि विवादित भूमि हिन्दूहरूलाई दियो। मुस्लिमहरूलाई मस्जिदका लागि सहरबाहिर जग्गा दिइएको थियो तर अझै पनि मस्जिद निर्माण गर्न भने सकेको छैन।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५