अन्य पार्टीको चुनाव चिन्हबाट उम्मेदवार बन्नुअघि आबद्ध पार्टीबाट राजीनामा दिनुपर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • July 3, 2023
Nirwachan 1

असार १८, काठमाडौँ- निर्वाचन आयोगले, अरु पार्टीको चुनाव चिन्हबाट उम्मेदवार बन्नुअघि आबद्ध रहेको पार्टीबाट राजीनामा दिनुपर्ने व्यवस्थाको प्रस्ताव गरेको छ।

निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै एक राजनीतिक दलको सदस्य रहेको व्यक्ति त्यस्तो दलको सदस्य पद त्याग नगरी अर्को राजनीतिक दलको तर्फबाट उम्मेदवार हुन नसक्ने।’

आयोगको बैठकले निर्वाचन व्यवस्थापनलाई अझ बढी स्वच्छ, निष्पक्ष, सहज र प्रभावकारी बनाउन नेपालको संविधान, सम्मानित सर्वोच्च अदालतबाट भएका निर्देशनात्मक आदेश तथा अन्तर्राष्ट्रिय अभ्यास र विगतका अनुभव तथा पृष्ठ पोषण समेतका आधारमा साविकको निर्वाचन सम्बन्धी कानुनमा परिमार्जन गरी ‘निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ नेपाल सरकार गृह मन्त्रालयमार्फत् संसदमा पेस गर्ने निर्णय गरेको छ ।

https://nepalrastriyadainik.com/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%a4%e0%a4%b9%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%81%e0%a4%a8%e0%a5%88-%e0%a4%8f%e0%a4%95-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5%e0%a4%ae%e0%a4%be-%e0%a4%aa/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५