नेपाल संवत् ११४३: न्हू दँया भिन्तुना

  • नेपाल राष्ट्रिय दैनिक
  • October 26, 2022
nepal sambat

आजदेखि नेपाल संवत् ११४३ सुरु भएको छ । नेपालको मौलिक संवतको रूपमा लिइने यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।

नेपाल संवत् (नयाँ वर्ष )को उपलक्षमा उपत्यका लगायत देशका विभिन्न भागमा नेवार समुदायले नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीसहितको सांस्कृतिक र्‍याली प्रस्तुत गर्ने गर्दछन ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम संवत ९३७ (इस्वी संवत् ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरु गराएका थिए। लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो। गरिब जनताको ऋण मोचन गरिदिएर सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५