नेपाल प्रहरीको नयाँ आईजीपी बसन्त बहादुर कुँवर

  • नेपाल राष्ट्रिय दैनिक
  • १० चैत्र २०७९, शुक्रबार १७:००
basanta kunwar

काठमाडौं, चैत १० : सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजी)मा वसन्तबहादुर कुँवरलाई नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले वसन्त बहादुर कुँवरलाई (आईजी)मा नियुक्त गर्ने निर्णय गरेको हो । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि रिक्त स्थानमा कुँवरलाई नयाँ आईजीपीमा नियुक्त गरिएको हो ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले हालै डीआईजीबाट बढुवा भएका पाँच एआइजीमध्ये पहिलो नम्बरमा रहेका कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको हो ।

कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य हालै डीआईजीबाट एआईजीमा बढुवा भएका उच्च प्रहरी अधिकृत हुन् । यी सबै नेपाल प्रहरीको महानिरीक्षक पदका दावेदार थिए ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५