१३३ देशसँग नेपालको ब्यापार घाटामा

  • नेपाल राष्ट्रिय दैनिक
  • August 4, 2023
share

घरेलु उत्पादन बढाउने र ब्यापार घाटा घटाउने सरकारको प्रयासका बाबजुद नेपालले १३३ भन्दा बढी देशसँग व्यापार घाटा बेहोरेको छ । गत आर्थिक वर्षमा नेपालले १७१ भन्दा बढी देशसँग व्यापार गरे पनि ३८ देशसँग मात्रै व्यापार सुध्रिढ रहेको छ भने अन्य देशसँगको व्यापार भने घाटामा रेहको छ।

सबैभन्दा ठूलो व्यापार घाटा भारतसंग रहेको छ। भारतसंग मात्र नेपालको ब्यापार घाटा ९२१.१६ अर्ब रुपैयाँ रहेको छ । भारतबाट आयात १.०३ खर्ब रुपैयाँ थियो भने भारततर्फको निर्यात १६६.८ अर्ब रुपैयाँ मात्रै थियो । त्यसैगरी,दोस्रो ठूलो व्यापार घाटा चीनसँग रहेको छ, जसको रकम २२० अर्ब ९५ करोड रहेको छ । नेपालले चीनबाट २२२ अर्ब ७१ करोड रुपैयाँको सामान आयात गरेको छ भने १ अर्ब ७६ करोड रुपैयाँको मात्रै निर्यात गरेको छ ।

भारत र चीनबाहेक नेपालले अन्य देशसँग पनि व्यापार घाटा बेहोरेको छ । नेपालको इन्डोनेसियासँग ४१ अर्ब ५१ करोड, मलेसियासँग २२ अर्ब ९ करोड, कतारसँग १३ अर्ब १९ करोड, थाइल्याण्डसँग ११ अर्ब २१ करोड र ओमानसँग १० अर्ब ७ करोड रुपैयाँ व्यापार घाटा रहेको छ ।

त्यसैगरी साउदी अरबसँग १० अर्ब ३ करोड, भियतनामसँग ७ अर्ब २६ करोड, सिंगापुरसँग ६ अर्ब ५३ करोड, जोर्डनसँग ६ अर्ब ४६ करोड, फ्रान्ससँग ६ अर्ब २९ करोड, कोरियासँग ६ अर्ब ७४ करोड, जापानसँग ४ अर्ब रुपैयाँ व्यापार घाटा रहेको छ । , ताइवानसँग ३ अर्ब ३७ करोड, जर्मनीसँग २ अर्ब ४० करोड, हङकङसँग २ अर्ब ५१ करोड र क्यानडासँग २ अर्ब २८ करोड रुपैयाँ छ ।

गत आर्थिक वर्षमा आयात १ खर्ब ६१ अर्ब रुपैयाँ रहेकोमा निकासी १ खर्ब ५७ अर्ब रुपैयाँ मात्रै भएको थियो । कुल वैदेशिक व्यापारमा निर्यातको अंश ८.८८ प्रतिशत रहेको छ भने आयात ९१.१२ प्रतिशत रहेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५