नेपालले कुनै पनि सैन्य गठबन्धनमा भाग नलिने: राष्ट्रपति भण्डारी

  • नेपाल राष्ट्रिय दैनिक
  • September 21, 2022
bidhya devi bhandari

चाइनिज पिपुल्स एसोसियसन फर पिस एन्ड डिसआर्मामेन्टद्वारा आयोजित कार्यक्रममा भिडियोमार्फत सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले, नेपालले सबै देशसँग समान रुपमा मित्रवत सम्बन्ध राख्न चाहेको र कुनै पनि सैन्य गठबन्धनमा भाग नलिने समेत बताउनुभएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको परराष्ट्र नीति असंग्लनता, पञ्चशीलको सिद्धान्त र पारस्परिक लाभमा आधारित रहेको समेत बताउनुभएको छ।

राष्ट्रपति भण्डारीले विश्व शान्ति तथा निशस्त्रीकरणको कामनासहित, विश्व शान्ति स्थापनाका लागि आर्थिक रुपमा कमजोर र गरिबीको चपेटामा परेका देशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्ने बताउनुभएको थियो।

राष्ट्रपति भण्डारीले भगवान् गौतम बुद्धको जन्मस्थल नेपालबाट अन्तर्राष्ट्रिय समुदायलाई शान्ति दिवसका शुभकामना समेत दिनुभएको , राष्ट्रपति कार्यालयले जनाएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५