नागरिकता विधेयक संशोधन गर्न छलफल

  • नेपाल राष्ट्रिय दैनिक
  • May 19, 2022
Home ministry nepal griha mantralaya

नागरिकता विधेयक संशोधन गर्ने सरकारको तयारी
सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गरी नयाँ विधेयक ल्याउने तयारी गरेको छ ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ श्रावण २२ गतेदेखि संसदमा थन्किएको छ। यसलाई अगाडि बढाउन गृहमन्त्री बालकृष्ण खांड र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले सत्तारुढ गठबन्धन साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँगको छलफल अगाडि बढाएको छ।

नागरिकता विधेयकमा नेपाली नागरिकसँग विवाह गरेर आएका विदेशीलाई विवाह लगत्तै अंगीकृत नागरिकता दिने कि निश्चित अवधिपछि मात्रै दिने भन्ने विवाद रहिआएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका कतिपय विधेयकलाई परिमार्जन गर्नुपर्ने र विधेयकका प्राविधिक विषयमा छलफल गर्न सत्तारुढ दलबीच सहमति आवश्यक रहेको बुझिएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार हाल संसदमा ५७ विधेयक छन् । सरकारले संसदमा रहेका विधेयकका प्रावधानलाई एकैपटक संशोधन गरेर अगाडि बढ्ने तयारी गरेको देखिन्छ ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५