आकाशिएको इन्धनको मूल्यसंगै सार्वजनिक यातायातको भाडा वृद्धि

  • नेपाल राष्ट्रिय दैनिक
  • June 20, 2022
PublicVehicle sarwajanik sawari

नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागु हुने गरि इन्धनको मूल्य बढायसंगै सार्वजनिक सवारीसाधनको भाडा पनि उच्च दरले वृद्धि भएको छ ।

इन्धनको मूल्यमा आउने परिवर्तनसंगै स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्था अनुरुप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा ७.७ प्रतिशतसम्म भाडा बढाएको छ ।

त्यसैगरी अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा वृद्धि भएको छ भने , पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत वृद्धि भएको छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहनेछ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५