माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु

  • नेपाल राष्ट्रिय दैनिक
  • April 22, 2022
see

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ ।

यसपटक परीक्षामा ५ लाख १४ हजार ७६० विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा देशभरका ११ हजार ६१५ विद्यालयका विद्यार्थी सहभागी छन् । यस पटक जापानमा नेपालीद्वारा सञ्चालित विद्यालयका २० विद्यार्थीले पनि एसइईमा सहभागिता जनाउने छन् ।

नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ विद्यार्थी र ग्रेड बढुवामा ११ हजार ४५४ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । पछिल्लो दुई वर्षमा आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गरिएको हुँदा ग्रेड वृद्धिको अवसर नभएकाले यो पटक २ बर्ष अघि ग्रेडवृद्धिको परीक्षा दिन नपाएका विद्यार्थी पनि सहभागी हुनेछन । प्राविधिक कक्षा सञ्चालन गर्दै आएका देशभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थीले पनि एसइई दिनेछन् ।
साउन १ गतेदेखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ ।परीक्षा र समीक्षाको काम सम्पन्न गरी उत्तरपत्रिका प्रदेशलाई पठाउने जिम्मेवारी बोर्डले दिएको छ । प्रदेश बोर्डले प्रदेश कार्यालयसँग समन्वय गरी काम गर्नेछ। सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा परीक्षा समन्वय समिति र जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति रहनेछ ।

तस्विर : दिपेन श्रेष्ठ

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५