कांग्रेसलाई बलियो र एकताबद्ध बनाउन महासमिति बैठक : देउवा

  • नेपाल राष्ट्रिय दैनिक
  • ८ फाल्गुन २०८०, मंगलवार ०५:२२
nepali congress deuba mahasamiti

ललितपुर : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महासमिति बैठकले पार्टीलाई मजबुत र एकताबद्ध बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

सोमबार ललितपुरको गोदावरीमा सुरु भएको पार्टीको महासमिति बैठकमा बोल्दै उनले कांग्रेसलाई थप मजबुत र एकताबद्ध बनाउने अपेक्षाका साथ यो कार्यक्रमलाई उत्सुकतापूर्वक हेरिएको बताए ।

महासमितिको बैठकमा पार्टीका नीतिगत विषयमा छलफल हुने र बैठकमा आएका सुझावलाई समेटेर दस्तावेज तयार गर्ने देउवाले बताए । ‘देशमा प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र संरक्षणका लागि नेपाली काँग्रेसको लामो सङ्घर्षको इतिहास छ, देशमा जहिले पनि संकट आइपर्‍यो, कांग्रेसले नेतृत्व र समाधानको बाटो देखाएको हो । लोकतान्त्रिक मूल्यमान्यताको आधारमा यो पार्टीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो नाम राख्न सफल भएको छ,’ उनले भने ।

पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले अहिलेको मुख्य आवश्यकता संविधानको संरक्षण र प्रभावकारी कार्यान्वयन भएको बताए ।

उनले गठबन्धन सरकार, सरकार गठनका लागि मात्र नभई, अघिल्लो सरकारले गरेको प्रतिनिधिसभा विघटन र मुलुकलाई राजनीतिक अस्थिरतातर्फ लैजाने प्रयासलाई निष्प्रभावी बनाउन र संविधानलाई जोगाइराख्न गठन भएको स्पष्ट पारे । राजनीतिक दलबीच प्रतिस्पर्धा हुनु स्वभाविक भएको तर काँग्रेस सधैँ वार्ता, समझदारी र सहकार्यको पक्षमा रहेको समेत उनले बताएका छन् ।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५