स्थानीय तह निर्वाचनमा १ लाख ४१ हजार ४६८ जनाको उम्मेदवारी दर्ता

  • नेपाल राष्ट्रिय दैनिक
  • April 26, 2022
voting

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदका लागि १ लाख ४१ हजार ४६८ उम्मेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज बिहान सार्वजनिक गरेको मनोनयनको अन्तिम तथ्याङ्क अनुसार प्रदेश १ मा २२ हजार १९४ र मधेश प्रदेशमा ३६ हजार २ सय ७५ उम्मेदवार रहेका छन् । त्यसैगरी वाग्मती प्रदेशमा २३ हजार ६५४, गण्डकी प्रदेशमा १२ हजार ३१४, लुम्बिनी प्रदेशमा २२ हजार ४२१, कर्णाली प्रदेशमा १२ हजार ८ सय ४८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ७ सय ६२ उम्मेदवार रहेका छन् ।

जसमध्ये गाउँपालिका र नगरपालिकामा अध्यक्ष/मेयर पदका लागि ३ हजार ३१८ र उपमेयर/उपाध्यक्ष पदका लागि २ हजार ३६ उम्मेदवारले उम्मेदवारी दिएका छन् । त्यसैगरी गाउँपालिका अध्यक्षका लागि ३ हजार ३०६, उपाध्यक्षमा २ हजार ३ सय ४३ र वडाध्यक्षमा ३३ हजार १ सय ११, महिला सदस्यमा २४ हजार २८३, दलित महिला सदस्यका लागि २१ हजार ९७९ र सदस्यका लागि ५१ हजार ९२ जना रहेका छन् ।

त्यसैगरी आगामी स्थानीय तहको निर्वाचनका लागि स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षमा ७५३, वडा अध्यक्षमा ६ हजार ७ सय ४३, महिला सदस्य र दलित महिला सदस्य–३५ हजार २ सय २१ उम्मेदवारी परेका छन् ।

आयोगले आज उम्मेदवार विरुद्ध उजुरी परे उजुरी लिने दिन तोकेको छ ।

उजुरीहरूको छानबिन वैशाख १४ र १५ गते हुनेछ। त्यसपछि उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। उम्मेदवारी फिर्ता लिने अन्तिम मिति वैशाख १६ रहेको छ । त्यसपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ र १७ गते चुनाव चिन्ह प्रदान गर्नेछ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५