आज जो कोही मतदाताले कुनै पनि उम्मेद्वार विरुद्ध दाबी-विरोध र उजुरी दिन पाउने

  • नेपाल राष्ट्रिय दैनिक
  • April 26, 2022
nirwachan aayog

स्थानिय तह निर्वाचनको लागि उम्मेद्वारी दर्ता प्रक्रिया हिजो राति अबेर मात्र सकिएको छ। निर्वाचन आयोगको तालिका अनुसार कुनै पनि उम्मेदवार अयोग्य भएको लागेमा जो कोही मतदाताले निर्वाचन अधिकृतको कार्यालयमा गएर आज उम्मेद्वार विरुद्ध दाबी/विरोध र उजुरी दिन सक्नेछन ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद ४ ले निर्धारण गरेको उम्मेदवारहरूको योग्यता र आयोगले तोकेको उजुरी दिन सकिने प्रावधानको आधारमा कुनै पनि उम्मेद्वार विरुद्ध उजुरी दिन सकिने व्यवस्था रहेको छ ।

कुनै पनि उजुरीको आधारमा वैशाख १४ र १५ गते उजुरीमाथि छानविन गरेर १५ गते नै उम्मेद्वारको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ। त्यसैगरी १६ गते उम्मेद्वारी फिर्ता लिन सकिनेछ भने, १६ गते(अपराह्न) नै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरि १७ गते सबै उम्मेद्वारहरुलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५