मिटर ब्याज पीडितको मेची–महाकाली ‘न्याय मार्च’ यात्रा

  • नेपाल राष्ट्रिय दैनिक
  • January 30, 2024
meter byaj mechi mahakali yaatraa

झापा – मिटरब्याज पीडितहरुको संघर्ष समितिले सरकारलाई दबाब दिन आजदेखि “मिटर ब्याज विरुद्ध मेची महाकाली न्याय मार्च” सुरु गर्न लागेको छन् ।

मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिले पूर्वी झापाको काँकडभिट्टास्थित मेची पुल र पश्चिममा महाकालीबाट एक साथ शान्तिपूर्ण पैदल यात्रा “न्याय मार्च” सुरु गर्न लागेका हुन्। सरकारले बनाएको मिटर ब्याज सम्बन्धी कानुन पीडित पक्षका लागि नभएर साहु महाजनको पक्षमा भएको भन्दै उक्त न्याय मार्च राज्य सत्ता र साहु महाजन विरुद्धको लडाइँ भएको संघर्ष समितिले बताएको छ। मंगलबार बिहान ७ बजे मेची र पश्चिममा महाकालीबाट एक साथ शुरु हुने न्याय मार्च चितवनको नारायणगढ पुगेर एक हुने र त्यसपछि राजधानी काठमाडौं प्रस्थान गर्ने बताइएको छ।

संघर्ष समितिले, मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखतहरू (तमसुक, दृष्टि बन्धक, रजिस्ट्रेसन र चेक) अवैध घोषणा गर्नुपर्ने र जुनसुकै तहमा भएको पीडितको सम्पत्तिको हक हस्तान्तरण बदर गरी पीडितहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, विभिन्न तहका अदालतमा मिटर ब्याजी साहुले पीडितमाथि हालेका मुद्दाको दर्ता र सम्पूर्ण अदालती प्रक्रिया स्थगित गर्ने तथा फैसला भइसकेका मुद्दाहरू आयोगमा खिचाई पुनरावलोकन गरी फर्जी लिखत (चेक बाउन्स) समेतका आधारमा सजाय कटाइरहेका पीडितको रिहाइ गर्नुपर्ने , जरिवाना मिनाहा र बिगो खारेज गर्नुपर्ने, मिटर ब्याजसँग सम्बन्धित निवेदनको सरकारी तथ्यांक अपूर्ण भएकोले तत्काल नयाँ निवेदन दर्ता खुला गरी पीडितहरूको अभिलेखीकरण गर्दै सोका आधारमा साहु महाजनलाई पक्राउ गरी कारबाही गर्नुपर्ने लगायतका ६ बुंदे माग राख्दै उक्त न्याय मार्च सुरु गरेको संघर्ष समितिले बताएको छ।

यस्तो छ ६ बुँदे माग:

meter byaj pidit
Share :
nepal airlines

नेपाल वायुसेवाको राहत उडानमार्फत १५७ यात्रु भैरहवाबाट काठमाडौं ल्याइए

भैरहवा - विपद र प्रतिकूल मौसमका कारण सार्वजनिक यातायात अवरुद्ध भएपछि गन्तव्यमा पुग्न नसकेका यात्रुलाई उद्धार गर्न नेपाल वायुसेवा निगमले सोमबार विशेष राहत उडान सञ्चालन गरेको छ। निगमको एयरबस ए-३२० जहाजले भैरहवाबाट १५७ यात्रु बोकेर काठमाडौं फर्किएको हो। सरकारको अनुरोधमा यो उडान सञ्चालन गरिएको हो। यो राहत उडान अशक्त, बिरामी र वैदेशिक रोजगारका लागि तयारीमा रहेका व्यक्तिहरूलाई लक्षित गरिएको थियो।[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५