स्थानिय निर्वाचनको लागि सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न

  • नेपाल राष्ट्रिय दैनिक
  • May 7, 2022
voting

निर्वाचन आयोगले स्थानिय तह निर्वाचनको लागि ७७ वटै जिल्लामा मतपत्र ढुवानीको काम सम्पन्न गरेको जनाएको छ।

सुरक्षा प्रबन्धका साथ मतपत्र सबै जिल्लाहरुमा पुगिसकेको छ भने आयोगले निर्वाचनको तयारीलाई तीव्रता दिन मातहतका सबै निकायलाई निर्देशन गरेको छ। सडकमार्ग सहज नभएको स्थानहरुमा भने आयोगले हेलिकप्टर मार्फत ढुवानी गरेको छ।

आयोगका विभिन्न प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले आयोगबाट प्राप्त भएका निर्वाचन सामग्री र मतपत्रलाई व्यवस्थापन गर्दै जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ र वितरणको तयारी गरेका छन्। मातहतका निकायहरुले निर्वाचनका सबै सामग्रीहरु चाँडै मतदानस्थल र केन्द्रमा लगिने पनि आयोगले जनाएको छ।

प्रदेश निर्वाचन कार्यालयले प्रदेशका मुख्यालय भएका जिल्लाभरका निर्वाचन गतिविधिको नेतृत्व लिन्छन् भने जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित जिल्लाको जिम्मेवारी पाएका छन् । सबै जिल्ला र पालिकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५