गैर सांसदहरुको मन्त्रिमण्डल

  • नेपाल राष्ट्रिय दैनिक
  • June 26, 2022
sher and bandi

मन्त्री हेरफेरको विषयलाई लिएर पार्टीभित्रै आन्तरिक विवाद चुलिएको लामो समयपछि एकीकृत समाजवादीले नयाँ अनुहारहरुलाई मन्त्रीमण्डलमा समावेश गरेको छ । पुराना मन्त्रीहरुलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री,मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीराचन्द्र केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेको छ ।
पुनर्गठीत मन्त्रिपरिषदमा गैर सांसद शेरबहादुर कुँवरले पनि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नियुक्ति पाएका छन्। नेपालको संबिधान अनुसार मन्त्रि बन्नका लागि सांसद हुनुपर्ने भन्ने छ। तर प्रधानमन्त्री देउवाको क्याबिनेटमा गैर सांसदलाई मन्त्रि बनाइएको भने यो पहिलो पटक होइन। यसघि नियुक्त गरिएका कानुन मन्त्रि गोबिन बन्दि पनि गैर सांसद हुन्। यधपी गैर सांसदहरु मन्त्रि भएको खण्डमा उनीहरुले ६ महिनाभित्र संसदबाट विश्वाशको मत लिनुपर्ने भन्ने प्रावधान पनि रहेको छ। तर निर्वाचन आउन ६ महिना भन्दा पनि कम समय रहेको अवस्थामा भागबण्डा मिलाउनकै लागि मात्र पुराना मन्त्रि फिर्ता बोलाएर गैर सांसदलाई नियुक्ति दिएको विषयमा भने सरकारको चर्को आलोचना भएको छ।

नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण सोमबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५