त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा बिहीबार ६ घण्टा बन्द रहने

  • नेपाल राष्ट्रिय दैनिक
  • April 19, 2023
International Tribhuwan Airport CaXtptHsa6

वैशाख ६-काठमाडौँ – बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा ६ घण्टा बन्द रहने भएको छ।

यात्रुहरुको सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यका साथ विधुत आपूर्ति प्रणाली सुदृढीकरणका लागि अनलाइन यूपीएस जडान गर्नुपर्ने भएकाले बिहिबार बिहान १:०० बजेदेखि बिहान ७:०० बजेसम्मको सम्पूर्ण हवाई सेवा अवरुद्ध हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभएको छ।

साथै,उक्त समयमा यात्रा गर्नुहुने यात्रुहरुले सम्बन्धित वायु सेवा कम्पनिसंग परामर्श गरि आवश्यकताअनुसारको व्यवस्था मिलाउन पनि महाप्रवन्धक तिवारीले बताउनुभएको छ।

tia tribhuvan international airport
Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५