पुराना मन्त्रि फिर्ता बोलाएर नयाँ मन्त्रि नियुक्त गर्दै एकीकृत समाजवादी

  • नेपाल राष्ट्रिय दैनिक
  • June 5, 2022
CPNUnifiedSocialist 20210824164417

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुलाई नियुक्ति गरि सरकारमा पठाउने निर्णय गरेको छ ।

आज बसेको पार्टीको सचिवालय बैठकले सरकारमा रहेका पुराना मन्त्रीहरुलाई फिर्ता बोलाउने र नयाँ मन्त्रि नियुक्ति गरेर सरकारमा पठाउने निर्णय गरेको हो।

एकीकृत समाजवादीका सचिवालय सदस्यका अनुसार नयाँ नियुक्तिको लागि जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा ,मेटमणि चौधरीलाई सहरी विकासमा र शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा सिफारिस गर्ने निर्णय भएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय भएको एकीकृत समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीले पर्यटनमन्त्री प्रेमबहादुर आले, स्वास्थ्य मन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५