रेशम चौधरीलाई रिहा गर्न कांग्रेसका थारु नेताहरुको माग

  • नेपाल राष्ट्रिय दैनिक
  • August 13, 2022
resham chaudhary

नेपाली कांग्रेसका थारु नेताहरुको दबाबपछि प्रधानमन्त्री देउवाले टीकापुर घटनाबारे आवश्यक प्रक्रिया अगाडि बढाउन गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।

टीकापुर घटनाका विषयमा सरकारले थारु कल्याणकारी सभाका पदाधिकारीसँग छलफल समेत अगाडी बढाएको छ । गृह मन्त्रालयका प्रवक्ता फनिन्द्रमणि पोखरेलले केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ६ बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको समेत बताउनुभएको छ ।

टीकापुर घटना र रेशम चौधरीलगायत कैदीबन्दीको रिहाइका विषयमा छलफल केन्द्रित भएको र टीकापुर घटना राजनीतिक मुद्दा भएकाले राजनीतिक रुपमा समाधान गर्न आग्रह गरेको काँग्रेस निकट थारु नेताहरुले बताएका छन्।
कांग्रेसका थारु नेताहरूले संघीय र प्रदेशको निर्वाचनमा रेशम चौधरीको पार्टी ठूलो फ्याक्टर बनेको र कांग्रेसको नेतृत्वमा उनी रिहा भए चुनावमा फाइदा पुग्ने र थारु नेताहरुको भोट सुरक्षित हुने समेत बताएका छन् ।

पूर्वसभासद तथा केन्द्रीय सदस्य रुक्मिणी चौधरीले पनि केपी ओली नेतृत्वको सरकारमा भएको सम्झौता वर्तमान सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ। काङ्ग्रेसका थारु नेताहरूले टीकापुर घटनाको सम्बन्धमा अघिल्लो सरकारले गरेको सम्झौतालाई पालना गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । प्रधानमन्त्री देउवाले पनि पार्टी निकटका थारु नेताहरुलाई कानुनी प्रक्रियाबाटै समाधान गर्ने आश्वासन पनि दिनुभएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५