हेटौडा- बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका इन्द्रबहादुर बानियाँले मंगलबार नै एमालेका तर्फबाट ६ र कांग्रेसबाट २ गरी ८ मन्त्री नियुक्ति गरेका छन् ।
प्रदेश सरकारमा एमालेबाट मधुसुदन पौडेल कृषि तथा पशुपन्छी विकास, दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास, जयराम थापा श्रम रोजगार तथा यातायात, भरतबहादुर केसी वन तथा वातावरण, किरण थापा स्वास्थ्य र बिन्दु श्रेष्ठ उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री नियुक्त भएका छन्।
त्यसैगरी, काँग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र शिवराज अधिकारी बिनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् ।
कांग्रेसको भागमा ७ मन्त्रालय रहेकामा ५ मन्त्रालय मुख्यमन्त्री बानियाँले आफैं मातहत राखेका छन् ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्