सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दाले भाद्र १ गते देखि सिसडोल र बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका छन्।
सरकार र काठमाडौँ महानगरपालिकाले सिसडोल र बञ्चरेडाँडाका स्थानियसंग गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै भाद्र १ गतेदेखि काठमाडौं उपत्यकाको फोहोर सिसडोल र बञ्चरेडाँडामा फाल्न नदिने घोषणा गरेका छन्। बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दाले सो कुराको जानकारी गराएका हुन्।
बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले गत जेठ २७ गते भएको सम्झौता कार्यान्वयन गर्न सरकार र काठमाडौं महानगरपालिकाले कुनै कदम नचालेको भन्दै सो निर्णय गर्नुपरेको बताउनुभएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्