इरानद्वारा आयातको लागि क्रिप्टो भुक्तानीलाई स्वीकृति

  • नेपाल राष्ट्रिय दैनिक
  • August 31, 2022
iran map

इरानले अमेरिकी डलर र युरोको सट्टा आयातका लागि क्रिप्टोकरेन्सी प्रयोग गर्न आधिकारिक रूपमा अनुमोदन गरेको इरानी उद्योग, खानी तथा व्यापार मन्त्री रेजा फातेमी अमीनले बताउनुभएको छ।

ईन्धन र ऊर्जा कसरी उपलब्ध गराउने, र कसरी लाइसेन्स प्रदान गर्ने र कसरी दिने भन्ने लगायत क्रिप्टो-सम्पत्तिसँग सम्बन्धित सबै मुद्दाहरू तयार पारिएको पनि मन्त्रीले अमीनले घोषणा गर्नुभएको छ ।

इस्लामिक गणतन्त्र इरानले अगस्ट महिनाको सुरुवातमा क्रिप्टोकरेन्सी प्रयोग गरेर करीब १० मिलियन अमेरिकी डलर बराबरको आयात गरेको जनाएको छ ।देशलाई डिजिटल सम्पत्तिहरू मार्फत व्यापार गर्न अनुमति दिनको लागि परीक्षण गरिएको अगस्टको पहिलो क्रिप्टो कारोबारले इरानमाथि लगाइएको अमेरिकी आर्थिक प्रतिबन्धहरू विस्थापित गरेर अन्य देशहरूसँगको व्यापारलाई सहज बनाउने विश्वाश गरिएको छ।

सेप्टेम्बरको अन्त्यसम्ममा इरानले विदेशी व्यापारमा क्रिप्टोकरेन्सीको प्रयोगलाई व्यापक रूपमा बढाउने अपेक्षा गरिएको छ।

इरानले देशको तेल, बैंकिङ र ढुवानी क्षेत्रहरूमा लगाइएको प्रतिबन्ध सहित अन्य थुप्रै आर्थिक प्रतिबन्धहरूको संघर्ष गरिरहेको बेला सन् २०१९ मा इरान सरकारले आयात भुक्तानीको लागि स्थानीय रूपमा माइनिङ्ग गरिएको क्रिप्टोलाई अनुमति प्रदान गर्न डिजिटल सम्पत्ति र कारोबार सम्बन्धि कानूनको संशोधन गरेको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५