किताबखानाका शाखा अधिकृत प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • नेपाल राष्ट्रिय दैनिक
  • February 2, 2025
Dhaneshwor prasai kitabkhana bhrastachar corruption

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीमाथि ३ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको हो । मुद्दाको साथमा अदालतमा पेस भएका उनीविरुद्धको बयान सुरु भइसकेको छ ।

उनलाई अख्तियारले १४ पुस, २०८१ मा तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५