सरकार संसदलाई द्वन्द्वतर्फ लैजाने तयारीमा छ : एमाले

  • नेपाल राष्ट्रिय दैनिक
  • August 9, 2023
mahesh bartaula

श्रावण २४,काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले, सत्ता पक्षले संसदमा दादागिरी देखाएको र संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिएको र प्रतिपक्षले बोल्दै गर्दा सत्तापक्षका सांसदहरुले संसदीय मर्यादाबाहिर गएर विरोध गरेको घटनाप्रति आपत्ति जनाउंदै, सत्ता पक्षको यस्तो हर्कतले संसदलाई द्वन्दतर्फ लैजान खोजेको उनले बताएका छन्।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले सांसद सूर्यबहादर थापाले पनि ,सत्तापक्षको दादागिरी देख्दा सरकार संसद चलाउन नचाहेको कुरा स्पष्ट भएको बताएका छन्। एमाले सांसदहरुले, सरकारले सदन चलाउन नचाहेको र संसदमा द्वन्द्व सिर्जना गर्न खोजेको अभिव्यक्ति दिएका छन्।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचेतक बर्तौलाले भने,‘सरकार यसमा जिम्मेवार बन्न सकेन। सम्माननीय सभामुखज्युले प्रतिपक्षको तर्फबाट हाम्रा माननीय सूर्यबहादुर थापालाई समय दिएर आफ्ना भनाइ राख्न दिँदा समेत सत्ता पक्षका साथीहरुले उठेर अवरोध गर्नुभयो। सत्तापक्षको यस किसिमको दादागिरी देखा परेको छ। सरकार सदन चलाउन चाहँदैन। सत्तापक्ष संसदमा द्वन्द्व गर्न चाहन्छ।’

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५