कृषकलाई मल उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना

  • नेपाल राष्ट्रिय दैनिक
  • June 13, 2022
Krishi mantralaya

एमालेले संसदमा दर्ता गराएको रासायनिक मल उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको लिखित प्रस्तावमा बोल्दै एमालेका सांसद नारायणप्रसाद खतिवडाले मल उपलब्ध नभएका कारण गाउँ गाउँमा किसान ठूलो मर्कामा परेको बताउनुभएको छ। सरकारकै कारण किसान कालोबजारीमा मल किन्न बाध्य भएको भन्दै उहाँले कृषिमन्त्री र प्रधानमन्त्रीलाई किसानले रासायनिक मल कहिले पाउँछन भनि प्रश्न समेत गर्नुभएको छ।

त्यस्तै,नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले तत्काल किसानका लागि आवश्यक मलको व्यवस्था गर्न नसके सरकारको औचित्य समाप्त हुने बताउनुभएको छ।

एमालेका सांसद खगराज अधिकारीले पनि भारतबाट ल्याउने भनिएको जीटूजीको मल आइपुग्ने सुनिश्चितता गर्न सरकारसँग माग गर्नुभएको छ। नेपाललाई वार्षिक १० लाख मेट्रिक टन खाद्यान्न अभाव भएको भन्दै अधिकारीले यस पटकको मल अभावले उत्पादन घट्ने झनै सम्भावना बढेको बताउनुभएको छ ।

सांसद शक्तिबहादुर बस्नेतले मलको समस्या हल गर्न प्रधानमन्त्रीले भारतसँग उच्च राजनीतिक स्तरमा वार्ता गर्नुपर्ने बताउनुभएको छ।

यता नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले भने समयमै मल नआउनुमा वर्तमान सरकार मात्रै नभएर पूर्ववर्ती सरकार पनि दोषी रहेको बताउनुभएको छ।

मल ल्याउने कृषि सामग्री कम्पनीका माथिल्ला कर्मचारीलाई अख्तियारले कारबाही गरेको बताउंदै,‘अख्तियारले मल ल्याउने कर्मचारी समाउनु भनेको पहिलेको सरकारको पालामा यहाँ समस्या थियो भन्ने हो नि,’ ‘भन्दै सांसद विश्वकर्माले सरकारको बचाउ गर्नुभएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५