काठमाडौँमा वितरण गरिने जार तथा सरकारी धाराको पानीमा झाडापखाला र हैजाको जीवाणु

  • नेपाल राष्ट्रिय दैनिक
  • July 1, 2022
jar water

काठमाडौँमा हैजाको विरामी देखिन थालेपछि स्वास्थ्य कार्यालय काठमाडौंले गरेको अध्ययनमा काठमाडौँमा वितरण गरिने जार तथा सरकारी धाराको पानीमा नै झाडापखाला र हैजाको जीवाणु भेटिएको पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय काठमाडौँले जार तथा बोतलको पानी पनि उमालेर मात्रै पिउन आग्रह गर्दै समयमै सावधानी नअपनाए यसले भयावह स्थितिको सिर्जना हुने बताएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमनले पनि जारको पानी वितरण गर्ने र प्रशोधन गर्ने उद्योग तथा कम्पनीहरूको पानी सीधै पिउन योग्य नभएको बताएको छ। उपत्यकामा वितरण गरिने पानीको नमुना परीक्षण गर्दा खानेपानीमा झाडापखाला तथा हैजाजन्य जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले उमालेर वा झोल क्लोरिन हालेर मात्र पानि पिउन अनुरोध गरेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५