चिनियाँ सैनिक टोली काठमाडौंमा

  • नेपाल राष्ट्रिय दैनिक
  • August 16, 2023
chaina Map china 20200401031423

काठमाडौँ- चिनियाँ उच्च सैनिक टोली काठमाडौं आइपुगेको छ।

एयर चाइनाको ४३७ उडान नम्बरको विमानमा चिनियाँ जनमुक्ति सेनाका तिब्बत मिलिट्री कमान्डर मेजर जनरल युइ एन दे नेतृत्वको टोली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

उक्त टोलीलाई उपरथी सागरबहादुर थापा र सहायक रथी सुनिल श्रेष्ठले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

नेपाली सेनाका सूचना अधिकारी एवम् सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार औपचारिक भ्रमणमा आएको चिनियाँ सैनिक टोलीले प्रधानसेनापति प्रभुराम शर्मालगायतसँग भेटवार्ता गर्ने कार्यतालिका छ। भेटमा सीमा सुरक्षा, दुई देश बीचको सैन्य सम्बन्धलगायतका विषयमा छलफल हुनेछ। मेजर युको नेतृत्वमा आएको ८ सदस्यीय सैनिक टोली भाद्र ३ गते स्वदेश फर्कनेछ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५