त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १५ तोला सुनसहित तिन जना पक्राउ

  • नेपाल राष्ट्रिय दैनिक
  • May 13, 2023
TIA airport scaled

हिमालयन एयरलायन्सको विमानमा शनिबार दुबईबाट काठमाडौं आइपुगेका तीन जनालाई करिब १५ तोला सुनसहित प्रहरीले पक्राउ गरेको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारमा खटिएको प्रहरीले मध्यपुर ठीमीका सुमन मगर, झापाकी विमला दर्जी र बुटवलकी सिर्जना रायमाझीलाई जाँचबुझको क्रममा सुनसहित पक्राउ गरेको हो।

सोधपुछको क्रममा उक्त सुन उनीहरुको नभएको र उनीहरुलाई भरियाको रुपमा मात्र प्रयोग गरिएको पत्ता लागेपछि प्रहरीले उनीहरूलाई नै प्रयोग गरेर सुन लिन आएका रामेछापका सुरेन श्रेष्ठलाई पनि पक्राउ गरेको छ।

पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरूलाई प्रलोभन देखाएर सुनको भरिया बनाउने गिरोह नेपालमा सक्रिय रहेको र त्यसतर्फ विशेष निगरानी बढाएको प्रहरीले बताएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५