३६४ मेगावाट विधुत भारत निर्यात

  • नेपाल राष्ट्रिय दैनिक
  • June 10, 2022
Nepal Electricity Authority bidhut

नेपाल विधुत प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको करिब १ सातापछि आजबाट ३६४ मेगावाट विधुत भारत निर्यात भएको छ।

३६४ मेगावाटसम्म मात्र बिजुली निर्यातको अनुमति पाएको प्राधिकरणले यसघि त्रिशुली जलविधुत आयोजनाको २३ , देवीघाट जलविधुत आयोजनाको १४.३९ , कालिगण्डकी जलविधुत आयोजनाको १४० , मर्स्याङ्दी जलविधुत आयोजनाको ६७ र मध्यमर्स्याङ्दी जलविधुत आयोजनाको ६८ मेगावाट बिजुली भारतीय बजारमा निर्यात गरिरहेको थियो। शुक्रबारबाट निजी क्षेत्र अन्तर्गत ग्रिन भेन्चर्सकोे लिखु-४बाट उत्पादित ५१ मेगावाट विधुत पनि थपिएसंगै नेपालले सम्झौता अनुरुपको पूर्ण क्षमतामा बिजुली निर्यात गरेको छ।

वर्षायाममा बढी भएको विधुत ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत दैनिक रुपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।

भारतको ऊर्जा एक्सचेन्ज बजारमा प्रत्येक १५ मिनेटको ९६ वटा ब्लकमा बिजुलीको मूल्य बोलकबोलमा बिक्री हुन्छ । भारत सरकारले ती ब्लकमा अधिकतम् भारु १२ रुपैयाँसम्ममा किनबेच गर्न पाउने व्यवस्था छ । प्रत्येक ब्लकमा माग र आपूर्तिको दर अनुसार मूल्य फरक–फरक तय हुनेछ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५