चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि ७ बुँदे माग राख्दै धनगढीको कृष्णमन्दिर धर्मशालामापाँच दिनदेखि आमरण अनशनमा बस्नुभएका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ ।
अनसनरत डा. केसीसंग वार्ता गर्नको लागि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ । सरकार र डा.केसीबीच मध्यस्थताको लागि चिकित्सक संघका प्रतिनिधिलाई पनि वार्ता टोलीमा राखिएको छ।
चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफ्ना मागहरु सम्बोधन गर्ने सवालमा सरकारले कुनै चासो नदिएपछि डा. गोविन्द केसीले अनसन सुरु गर्नुभएको थियो ।
पाँचदिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्