दांग: नेकपा एमालेका महासचिव शंकर पोखरेलले वामपन्थी एकताको प्रहसन अब नदोहोरिने बताएका छन्।
प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले वामपन्थी एकताको प्रहसन अब नदोहोरिने र वामपन्थीहरूको बीचको एकता अब एकादेशको कथा भइसकेको बताएका छन्।
साना राजनीतिक दलहरूले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएकोले कम्युनिस्टमा विचार राख्नेहरू एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्नेहरू कांग्रेसतर्फ धुव्रीकरण हुन आवश्यक भएको समेत उनले बताएका छन्
दुई प्रमुख दल मिलेर अगाडि बढ्दा मानिसहरूमा प्रश्न उब्जिए पनि स्थायित्व र विकासका लागि बलियो राजनीतिक शक्ति र स्थिरता आवश्यक रहेको उनले बताएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्