देशलाई हिंसामा धकेल्नेहरु नै सत्तामा छन् : पूर्वराष्ट्रपति भण्डारी

  • नेपाल राष्ट्रिय दैनिक
  • February 19, 2024
bidhya bhandari

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई हिंसामा धकेल्नेहरुले नै सत्ताको नेतृत्व गरिरहेले सशस्त्र द्वन्द्वका पीडितहरूले न्याय पाउनेमा आशंका व्यक्त गर्नुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सोमबार काठमाडौंमा आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४ विमोचन समारोहमा बोल्दै भण्डारीले भन्नुभयो,‘पीडितलाई केन्द्रविन्दुमा राखेर शान्ति प्रकृयाका बाँकी कामहरूलाई यथाशीघ्र सम्पन्न गर्नेतर्फ सरकारसहित सरोकारवालाहरूको ध्यान जान जरुरी छ। तर, विडम्बनाको कुरा के छ भने हिजो देशलाई हिंसाको दुश्चक्रमा होम्ने सत्तापक्ष र विद्रोही पक्ष भएर नेतृत्व गर्नेहरू नै आज सरकारको नेतृत्व गरिरहेको अवस्थामा यो देशले र निर्दोष पीडितहरूले कसरी न्याय पाउन सक्छन् भन्ने गम्भीर प्रश्न तेर्सिएको छ ।’

बृहत् शान्ति सम्झौता भएको १८ वर्ष बित्दासमेत पीडितहरूले न्याय पाउन नसकेको उल्लेख गर्दै उनले संक्रमणकालीन न्यायका संवेदनशील विषयलाई कसैले पनि आफ्नो स्वार्थ साँध्ने माध्यम बनाउन नहुने प्रस्ट पारिन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५