सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

  • नेपाल राष्ट्रिय दैनिक
  • February 8, 2025
khanepani mantralaya fire

काठमाडौं – सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आज बिहान ८ बजेर ४६ मिनेट जाँदा भौतिक मन्त्रालयसँग जोडिएको खानेपानी मन्त्रालयको भवनको चौथो तलामा आगलागी भएको थियो । बिहान अकास्मात् मन्त्रीको कार्यकक्षमा आगो लागेको र आगो लाग्ने बित्तिकै थाहा भएका कारण प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

प्रहरीका अनुसार आगलागीमा खानेपानी मन्त्रालयको भवनमा क्षति भएको छ । ‘बिहान ८:४६ मा भौतिक मन्त्रालय र खानेपानी मन्त्रालय जोडिएको भवनमा आगलागी भएको थियो भने खानेपानी मन्त्रालयको भवनमा क्षति पुगेको छ र अन्य क्षतिको विवरण भने यकिन हुन सकेको छैन।

घटना शंकास्पद रहेकाले मन्त्रालयका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको पनि प्रहरीले जनाएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५