नेपाल आइपुगे अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु

  • नेपाल राष्ट्रिय दैनिक
  • July 28, 2022
donald lu aa

दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन्।

तीनदिने नेपाल भ्रमणको लागि आज काठमाडौँ आइपुगेका लु ले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ तीन सदस्यीय टोलीसहित भारत हुँदै काठमाडौंमा ओर्लिएका लु को नेपाल भ्रमण नियमित भ्रमण रहेको नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ। लुले नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई अवार्ड फर कर्पोरेट एक्सिलेन्स प्रदान गर्ने कार्यक्रम रहेको दुतावासले जनाएको छ।

लु ले एमसीसीलाई नेपलको संसदबाट अनुमोदन गराउन महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।अहिले आएर विवादित अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई नेपाल सरकारले अघि नबढाउने निर्णय गरेको समयमा लु को यो नेपाल भ्रमणलाई नेपाली राजनीतिक वृतमा निकै अर्थपूर्ण तरिकाले हेरिएको छ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५